ताजा अपडेट »

जितेन्द्र रसिकको बालकथा संग्रह 'गुलेली' बजारमा

मंगलबार, १९ असोज २०७८, १९ : ०८
4 Shares

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको १२औँ कृति बालकथा संग्रह ‘गुलेली’ बजारमा आएको छ । शिखा बुक्सले प्रकाशन गरेको बालकथा संग्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा संग्र्रहमा ६ वटा कथाहरू रंगिन चित्रसहित प्रस्तुत गरिएको छ ।

संग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको सहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरू संग्रहित छन् ।  बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ ।  

रसिकका यसअघि  हृदयस्पर्शी छालहरू (गजल संग्रह-२०६३), तारापुञ्ज (फाँचल संग्रह-२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा संग्रह-२०७२), काफिया (गजल संग्रह-२०७३), हावा फल्ने रुख (बालचित्र कथा-२०७३), लज्जावती (उपन्यास-२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा संग्रह-२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली-२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी-२०७६), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाइ पुस्तक- २०७७) र बेलबहादुरसँग बिहे (बाल चित्रकथा-२०७७) प्रकाशित छन् । रसिकका करिव एक दर्जन गीत गजलसमेत रेकर्ड भइसकेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।