ताजा अपडेट »

आज विश्व शिक्षक दिवस मनाइँदै

मंगलबार, १९ असोज २०७८, ०९ : १९
24 Shares

काठमाडौं । आज ५ अक्टोबर अर्थात् विश्व शिक्षक दिवस । हरेक वर्ष आजको दिनलाई गुणस्तरीय शिक्षाका लागि योगदान गर्ने शिक्षकका सम्मानमा मनाइने गरिन्छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन विश्व शिक्षक दिवस मनाइँदै आएको छ ।शिक्षकको सेवा, सुविधा सम्बन्धमा सन् १९६६ को अक्टोबर ५ मा अन्तर्राष्ट्रिय श्रम संगठन र युनेस्कोले गरेको सिफारिसलाई आवद्ध राष्ट्रले स्वीकार गरेको दिनलाई दिवसको रूपमा मनाइँदै आइएको छ । 

यो पटक ‘शैक्षिक सुधारको केन्द्रमा शिक्षक’ नाराका साथ दिवस संसारभर मनाइँदै छ । विश्वका १०० देशले विश्व शिक्षक दिवस मनाउने गरेका छन् । नेपालमा असारको पूर्णिमामा मनाइने गुरू पूर्णिमालाई शिक्षकको सम्मान गर्ने गरिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।