१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

काठमाडौँ- विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टापछि सुल्झिएको छ ।फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका थिए । ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।

Advertisement

यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन। फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी समेत मागेको छ।उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्। समस्याको वास्तविक कारण खुलाइएको छैन ।

विश्वव्यापी रूपमा अवरोध झेलेको ६ घण्टापछि फेसबुक र उक्त कम्पनीका अन्य सोसल मिडिया मञ्चहरू ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएका छन्।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले ‘१०० प्रतिशत’ काम गर्न भने केही समय लाग्ने बताएका छन्।यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार यो समस्या अहिलेसम्मकै ठूलो अवरोध भएको जनाएको छ । यो समस्याबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए।

यो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा झेलेको थियो जतिखेर १४ घण्टाभन्दा लामो समय अवरोध देखा परेको थियो। पछिल्लो अवरोधसँगै न्यूयोर्कमा सेयरको मूल्य झण्डै पाँच प्रतिशतले खस्किएको बीबीसीले जनाएको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए … नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता दाङमा धानवालीमा पुगेको क्षतिको विवरण संङ्कलन हुँदै रुपन्देहीको समृद्धिका लागि सदैब प्रयत्नशिल रहनेछु : गृहमन्त्री खाँण बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा