ताजा अपडेट »

देशैभर इन्टरनेट अवरुद्ध हुनसक्ने

आइतबार, १७ असोज २०७८, ०८ : ०४
12 Shares

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ। शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि बढाएको हो।यही असोज १५ गतेभित्र पोलभाडा नवीकरणका लागि तोकिएको समय पूरा भएको भन्दै प्राधिकरणले नवीकरण नगर्ने सेवा प्रदायकको केबल काट्न थालेको हो।

“तोकिएको समयमा पनि नवीकरण नभएपछि शनिबारदेखि तार काट्न सुरु गरेका हौँ,” प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भन्नुभयो। उनँका अनुसार शनिबार कम्तीमा प्रत्येक इन्टरनेट सेवा प्रदायकको एउटा वितरण लाइन काटिएको छ। गोरखापत्र दैनिकले प्राधिकरणले तार काट्न थालेपछि देशभर इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने खबर छापेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।