ताजा अपडेट »

सञ्चारकर्मी आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ विमोचन

शनिबार, १६ असोज २०७८, १८ : १६
18 Shares

काठमाडौं । युवा लेखक तथा सञ्चारकर्मी कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ को विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित विमोचन समारोहमा नायिका गौरी मल्ल र लेखक तथा पत्रकार अश्विनी कोइराला लगाएतले विमोचन गरेका थिए ।

आचार्यले ब्लु डायरीमा प्रेमलाई फरक तरिकाबाट प्रस्तुत गरेका छन् । उनले उपन्यासमा प्रोफेशनल प्रेम सम्बन्ध (जस्तै : प्रेम जिवनसँग कसरी जोडिन्छ ? प्रेमले कसरी सफलताको मार्गनिर्देशन गर्छ ?) व्यवसायिक कुरा, यूवाको संघर्ष र सफलता लगाएतका विषयवस्तुहरुलाई पनि समेटेको आचार्यले बताए ।

इन्जिनियर्स पोष्ट डटकमको सम्पादक समेत रहेका आचार्यले यस अघि पहिलो उपन्यास अप्रिल फुल बजारमा ल्याईसकेको छन् । उनको पहिलो उपन्यास अप्रिल फुलले युवा पाठकको मन जित्न सफल भईसकेको छ ।

३५० रुपैँया मूल्य रहेको उक्त पुस्तकको बीएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको आवरण सन्तोष दाहालले तयार पारेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।