ताजा अपडेट »

एमालेका केही नेताले प्रचण्डका महत्वकांक्षालाई मलजल गरी एकतालाई असन्तुलित बनाएः पोखरेल

शुक्रबार, १५ असोज २०७८, १५ : १३
6 Shares

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेका केही नेताले प्रचण्डका अस्वभाविक महत्वकांक्षालाई मलजल गरेको बताएका छन् ।

गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले एमालेका केही नेताले प्रचण्डका अस्वभाविक महत्वकांक्षालाई मलजल गरी नेकपाको एकतालाई असन्तुलित बनाउन सहयोग गरेको बताएका हुन् ।

‘नेकपाको एकतालाई सहि ढ्ङ्गले निष्कर्षमा पुराउन एमालेको एकता पूर्व शत थियो ।’ उनले भने ‘ तर एमालेका कतिपय नेताहरुले पुष्पकमल दाहाल प्रचण्डका कतिपय अस्वभाविक महत्वकांक्षालाई मलजल गर्ने, नाजायज मागलाई प्रोसाहित गर्ने र एकतालाई असन्तुलित बनाउन सहयोग गर्नु भो ।’

एमाले र माओवादीको एकता गर्दा एकताको मनोविज्ञानलाई ध्यानमा राखेर पाटीमा दुई अध्यक्षको व्यवस्था गरिएको बताए । ‘एकताको मनोविज्ञानलाई ध्यानमा राखेर पाटीमा दुई अध्यक्षको व्यवस्था गरियो ।’ उनले भने ‘ महाधिवेशनसम्म सहमतिका आधारमा अगाडी बढ्ने विधि तय गरियो र महाधिवेशन समेत सहमतिमै गर्ने प्रतिवद्धता व्यक्त गरियो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।