ताजा अपडेट »

यी मोबाइल फोनमा अब चल्ने छैनन् गुगल एप्स

मंगलबार, १२ असोज २०७८, १० : ०८
4 Shares

गुगलले गत सोमबार अर्थात सेप्टम्बर २७ देखि एन्ड्रोइडको पुरानो भर्सन भएका मोबाइल फोनमा गुगल एप्सले काम नगर्ने बताएको छ। गुगलको यो निर्णयसँगै अब ति मोबाइलमा फोनमा गुगल म्याप, जिमेल, युट्युब, प्लेस्टोरलगायत अन्य एप्स काम गर्ने छैनन्।

सुरक्षालाई ध्यानमा राख्दै पुरानो एन्ड्रोइड भर्सनमा गुगल एप्सहरुले काम नगर्ने बनाइएको कम्पनीले बताएको छ। एन्ड्रोइड २.३.७ र त्यसभन्दा कम भर्सन भएको मोबाइलमा गुगल एप्स नचल्ने भएको हो। मोबाइल अपरेटिङ सिस्टमको यस भर्सनलाई सन् २०१० को डिसेम्बरमा सार्वजनिक गरिएको थियो।

सम्भव भए आफ्नो मोबाइल फोनलाई एन्ड्रोइड ३.० वा यसपछिका भर्सनमा अपग्रेड गर्न गुगलले प्रयोगकर्तालाई आग्रह गरेको छ। जो प्रयोगकर्ता अपग्रेड गर्न असझम छन् उनीहरुले मोबाइलमा रहेको वेब ब्राउजरमा गुगल लगइनको प्रयास गर्न सक्ने बताइएको छ तर, यसरी खोल्दा पनि केही सेवामात्र उपयोग गर्न मिल्नेछ।

यी मोबाइल फोनमा चल्ने छैन गुगल एप्स

  • सोनी एस्पेरिया एडभान्स
  • लेनोभो के ८००
  • सोनी एक्सपेरिया गो
  • भोडाफोन स्मार्ट II
  • स्यामसङ ग्यालेक्सी एस २
  • सोनी एक्सपेरिया पी
  • एलजी स्पेक्ट्रम
  • सोनी एक्सपेरिया एस
  • एलजी प्राडा ३.०
  • एचटिसी भेलोसिटी
  • एचटिसी इवो फोर जी
  • मोटोरोला फायर
  • मोटोरोला एक्सटी ५३२
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।