ताजा अपडेट »

उठ्ने बित्तिकै चक्कर लाग्छ ? अपनाउनुहोस् यी उपाय

मंगलबार, १२ असोज २०७८, ०६ : ३९
18 Shares

कहिँलेकाहीँ बिहान उठ्ने बित्तिकै चक्कर लाग्छ ? वा कहिलेकाहीँ बसेको ठाउँबाट उठ्दा पनि चक्कर लाग्छ ? यस्तोमा चक्कर लाग्नुलाई धेरैले सामान्य रुपमा लिन्छन् । तर यो गम्भीर रोगको कारण पनि हुन सक्छ । त्यसैले यस्तो चक्कर वा रिंगटालाई हेलचक्राइ गर्नुको सट्टा कारण पत्ता लगाइ उपचार गर्नु पर्दछ ।

चक्कर लाग्ने लक्षण

– टाउको चर्कनु

– शरीर अनियन्त्रित भएको अनुभूति हुनु

– आँखा धमिलो देख्नु

– अध्याँरो छाउनु

– अनुहार फिका हुनु

– शरीर चिसो हुनु

– शारीरिक कमजोरी महसुश हुनु

– चक्कर लागेर लड्नु

– वान्ता हुनु

– बोल्नुमा कठिनाइ हुनु आदि ।

घरेलु उपचार

– ५० ग्राम किसमिसलाई हल्का आँचमा घ्युमा पकाउने र स्वाद अनुसार नुन मिसाउने । यसलाई दिनमा तीन पटक सेवन गर्ने ।

– एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्ने ।

– यदि गर्मीको कारण चक्कर लागेको भए अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने र बिहान यसलाई छानेर पिउने ।

– बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्ने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।