ताजा अपडेट »

सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु

सोमबार, ११ असोज २०७८, १९ : २८
4 Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा १०, बाजुरामा दुई, कैलाली, बैतडी, दार्चुला र डडेल्धुराका एक/एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकी ५७ वर्षीया महिला छिन् । यसअघि आइतबार यस प्रदेशमा १० जनामा सङ्क्रमण पुष्टि हुँदा २५ जना डिस्चार्ज भएका छन् । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।