ताजा अपडेट »

नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु

सोमबार, ११ असोज २०७८, १६ : ५१
2 Shares

बुटवल । नेपालमा थप १ हजार २८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ जनामा परिक्षण गर्दा १ हजार २८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९२ हजार ३६७ र एन्टिजेनबाट ९० हजार ८५४ जना पुगेको छ ।

यस्तै, नेपालमा आज थप १ हजार २६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १०३ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।