ताजा अपडेट »

यी ७ खाने कुरालाई कहिल्यै फ्रिजमा नराख्नुस्

सोमबार, ११ असोज २०७८, ०९ : १६
4 Shares

हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।

१. कफी

कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्नजान्छ ।

२.गोलभेँडा 

फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।

३.प्याज

प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ ।

४.केरा

केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ ।

५.मह

मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ ।

६.खरबुजा

खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ । यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ ।

७. लसुन

लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ । एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।