ताजा अपडेट »

यसकारण थाइराइड बढ्दै जान्छ, यी ५ चीजबाट जोगिनुस्

सोमबार, ११ असोज २०७८, ०९ : ०५
8 Shares

थाइराइडका रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको अध्ययनहरुले देखाएका छन् । भारतमा गरिएको एक अध्ययन अनुसार चेतनाको अभावका कारण यो रोगका पीडितको संख्या बढिरहेको छ । थाइराइडका कारण, स्वास्वासप्रस्वास, कोलस्ट्रोलको समस्या, डिप्रेसन, डायविटीज, इसोमनिया तथा मुटाका बिरामीको खतरा बढेको छ । चिकित्सकहरुका अनुसार खानपानमा ध्यान नदिँदा थाइराइड बढ्दै जान्छ । यस कारण थाइराइण भएको खण्डमा के खाने के नखाने भन्ने जानकारी लिनु आवश्यक छ । 

आयोडिनयुक्त खाना

थाइराइड ग्ल्याणले हाम्रो शरीमा आयोडीनलाई लिएर थाइराड हर्मोन उत्पादन गर्छ । यसका लागि हाइपोथाराइड भएको खण्डमा आयोडिन धेरै भएको खाने कुरालाई टाढा राख्न फाइदाजनक हुन्छ । सी फूड तथा आयोडीनयुक्त नूनका पूर्ण रुपमा नियन्त्रण आवश्यक छ । 

कफि
कफिले सिधै थाइराइड बढाउँदैन । तर यसले थाइराइडको कारण उत्पन्न हुने दुखइलाई बढावा दिन्छ । जस्तै बैचनी तथा निन्द्राआदी यसका समस्या हुन् । 

रेतो मासु
रातो मासुमा कोलस्ट्रोल तथा फ्याट बढी हुन्छ । यसको प्रयोगले तौल तिव्र रुपमा बढ्छ । थाइराइड हुनेको तौल त यसैपनि तिव्ररुपमा बढ्छ । जसका कारण थप समस्या हुन्छ । 

रक्सी
थाइराइड भएकालाई रक्सी , बीयरआदीले निकै प्रभावित गर्छ । यसले गर्दा शरीरिक उर्जालाई प्रभावित पार्छ । यसका कारण थाइराइड भएका मानिसको निद्रामा समेत समस्या बढ्छ । 

वनस्पति घ्यू
वनस्पति घ्यूलाई हाइड्रोजनसँग मिलाएर बनाइन्छ । यसले राम्रो कोलस्ट्रोललाई नाश गर्छ र नराम्रोलाई बढाइदिन्छ । जसले थाइराइडबाट उत्पन्न हुने समस्या उत्पन्न गर्छ । यसले त्यसलाई बढाइदिन्छ । यस्तो घ्यू वजारमा भएका होटलआदीमा व्यापक मात्रामा प्रयोग गरिएको हुन्छ । तसर्थ सकभर बजारमा खाने नगर्नुहोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।