ताजा अपडेट »

फोक्सोमा गम्भीर रोग लागेको ५ संकेत

सोमबार, ११ असोज २०७८, ०८ : ५७
18 Shares

कुनै रोगले गम्भीर रुप नलिएसम्म धेरैलाई आफूलाई लागेको रोगको बारेमा जानकारी नै हुँदैन । हाम्रो शरीरका हरेक अंगमा फरक प्रकृतिका रोगहरु लाग्ने गर्छन् । जसमा फोक्सो पनि एक हो । फोक्सोमा गम्भीर रोग लाग्ने गर्छन् । तर, फोक्सो खराब हुनु अगाडि नै विभिन्न प्रकारका संकेतहरु देखिन्छन् । फोक्सोमा देखिने केही लक्षणहरुलाई विशेष ध्यान दिन आवश्यक छ । जसले गर्दा फोक्सोलाई खराब हुनबाट बचाउन सकिन्छ ।

छातीमा पीडा : एक महिना वा त्यसभन्दा बढी छातीमा पीडा हुनु गम्भीर रोगको संकेत हो । खोकी लाग्ने वा स्वासप्रश्वासमा समस्या भएमा छातीमा पीडा हुन्छ । यसलाई बेवास्ता नगर्नुस् ।

कफ : इन्फेक्सन र जलनबाट बच्नका लागि स्वास नलीमा कफ निर्माण हुन्छ । यदि कसैलाई एक महिनाभन्दा धेरै कफको समस्या भएमा फोक्सोमा गम्भीर रोग लागेको संकेत हुनसक्छ ।

अचानक तौल घट्नु : यदि विशेष डाइट वा वर्क आउटका कारण तौल घट्छ भने त्यसलाई सामान्य मानिन्छ । तर, अचानक तौल घट्नु शरीरभित्र ट्युमर बढ्नुको संकेत पनि हुनसक्छ ।

स्वासप्रस्वासमा परिवर्तन : यदि सास फेर्न समस्या हुन्छ भने यसको सीधा सम्बन्ध फोक्सोसँग हुन्छ । फोक्सोमा कुनै समस्या भएमा सास फेर्न मुश्किल हुन्छ । फोक्सोमा ट्युमर वा कोर्सिनोमाको कारण बनेको हावा पास हुने नलीलाई ब्लक गर्छ जसले गर्दा सास फेर्न समस्या हुन्छ ।

खोकी : लगातार ८ हप्तासम्म खोकी लाग्नु वा खकारमा रगत देखिनु शरीरमा स्वासप्रश्वास प्रणालीमा समस्या हुनु हो । यस्तो समस्या देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिन आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।