९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

काठमाडौँ । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा ओर्लेको छ । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर रु ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा रहेको छ । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बीमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बीमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रु ३१ करोड ८८ लाख ९९ हजार ५००, नेपाल बैंक रु २१ करोड ३४ लाख ९५ हजार ३१३, कामना सेवा विकास बैंक रु २० करोड ५८ लाख ६२ हजार २५०, नेशनल हाइड्रो पावर रु १७ करोड ८३ लाख ७६ हजार ८९४ र मेघा बैंक रु १७ करोड ७० लाख ९१ हजार २४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै, हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा ६।०३ प्रतिशतले वृद्धि भएको छ । सिटिजन म्युचुअल फण्ड एकको ३.४०, सनराइज फस्ट म्युचुअफ फण्डका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्स ८.९८, घलेम्दी हाइड्रोपावर ७.९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७.६६, वेसट फाइनान्स कम्पनी ७.६०, माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाए ।- रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व