ताजा अपडेट »

यस्ता छन् दाङका पालिकाका कांग्रेस सभापतिहरु

आइतबार, १० असोज २०७८, ०९ : ३३
8 Shares

दाङ । नेपाली काँग्रेस तुलसीपुरको सभापतिमा सुरेश हमाल विजयी भएका छन् । १६० मतान्तरले पछि पार्दै हमाल विजयी भएका हुन् । उनले ३६८ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी अनिल कार्कीले २०८ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा हमालकै प्लायनबाट बिनिल केसीले ३५९ मत प्राप्त गरेका थिए । अर्काे उपसभापतिमा भने अनिल कार्कीकै प्यानलबाट गौरव सुवेदीले विजयी हाँसिल गरेका छन् । उनले २८५ मत प्राप्त गरेका थिए । उनका प्रतिष्प्रर्धी हमाल प्यानलका पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए । साथै उपसभापति पदका उम्मेदवार अशोक कुमार श्रेष्ठ १८९ मत प्राप्त गरेका थिए । सचिबमा हमाल प्यानलकै बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी भोजराज न्यौंपानेको २१७ र परशुराम चौधरीले १७६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिमा स्वतन्त्र उम्मेदवार दिएका तिलकबहादुर बस्नेतको ६९ मत मात्रै प्राप्त गरेका थिए । सहसचिबमा हमाल प्यानलकै शेषमणि भण्डारीले ३५१ मत र झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी अशोक भण्डारीले २१० र तिलसरा वलीले १७६ मत प्राप्त गरेका छन् । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो । साथै सभापतिमा १५ मत बदर भएको भएको थियो । एकजना उपसभापति बाहेक पदाधिकारीमा सबै हमाल प्यानलबाटै विजयी भएका छन् ।हमाल दिपक गिरीको प्यानबाट उम्मेदवार बनेका थिए, भने कार्की गेहेन्द्र गिरीको टिमबाट उम्मेदवार बनेका थिए ।

त्यस्तै नेपाली काँग्रेस घोराही उपमहानरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । उनले २८६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी निरज गिरीले १६२ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १२४ हो । घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो ।

उपसभापतिमा दुर्लभ केसी २९४ र प्रदीप सुबेदीले २३५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका प्रतिपर्धीहरु श्रीधर महराले २०० र बेदबहादुर लामिछानेले १२५ मत प्राप्त गरेका थिए, भने सचिवमा भिमकान्त चौधरी २९१ मत र पुष्पराज आचार्य २६० मत प्राप्त गरेका थिए भने उनीहरुका प्रतिपर्धीहरु किरण पौडेलले १४९ र मनोज केसीले १७१ मत प्राप्त गरेका थिए । त्यस्तै सहसचिव पदमा चेतन बस्नेत २९५ मत र राजकुमार बस्नेत २८२ मत प्राप्त गरि बिजयी भएका छन्, भने उनीहरुका प्रतिपर्धीहरु सतिश शर्माले १३६ र भरत धितालले १४९ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत शनिवार भएको बबई गाउँपालिकाको निर्वाचनमा सभापतिका उम्मेदवार प्रसाराम भुषालको प्यानललाई पराजित गर्दै सभापतिमा प्रकाश बस्नेतसहित सम्पूर्ण प्यानल विजयी भएका हुन् ।

सभापतिका उम्मेदवार भुषाललाई १५ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् । बस्नेतले ६५ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्धन्द्धि भुषालले ५० मत लिएका थिए । ३ मत बदर भएको नेपाली कांग्रेस बबई ५ का सभापती युवराज कडेलले जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बंगलाचुली गाँपालिको सभापतिमा जागेश्वर अधिकारी सर्वसहमत चयन भएका छन् । जसको उपाध्यक्षमा द्रोर्णबहादुर खत्री र इन्द्रबहादुर वली, सचिबमा चेतबहादुर डाँगी र बलदेव मल्ल, सह–सचिवमा खुमबहादुर बुढाथोकी र केयरसिंह गाहासहित ३४ सदस्यीय गाउँसमिति सर्वसहमतिमै चयन भएका हो ।

यसैबिच नवनिर्वाचित सभापति जागेश्वर अधिकारीले बंगलाचुलीमा कुनैपनि गुटको राजनीतिक नहुने बताएका छन । अधिकारीले विभिन्न ठाउँमा कांग्रेसभित्र गुटउपगुट हुन गरेको भन्दै उनले बंगलाचुलीमा गुटगत राजनीतिको अन्त्य हुने बताएका हुन । उनले गुटगत राजनीति त्यागेर सवैलाई एकतावद्ध पाटी बनाउन लाग्न समेत आग्रह गरेका छन ।

बंगलाचुलीमा नयाँ युवालाई कार्यकारी पद दिएर गुटगत राजनीतिभन्दा पार्टीलाई बलियो बनाउने गरी अघि बढ्ने योजना अनुसार गुटगत राजनीतिलाई अन्त्य गर्ने सन्देश दिइएको सचिव चेतबहादुर डाँगीले बताएका छन ।

नेपाली कांग्रेस दंगीशरणको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनबाट उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् । गिरीले ७६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी हर्कबहादुर बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापति पदमा गिरी प्यानलकै गिरिराज न्यौपानेले ८० मत र दुर्गाबहादुर बोहरा ७१ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सचिव पदमा गिरी प्यानलकै ओपेन्द्रराज शर्मा ७० मत र वामदेव बिष्ट ६४ मत प्राप्त गरि बिजयी भएका छन् । त्यस्तै सहसचिव पदमा गिरी प्यानलकै टोपबहादुर खड्का ७१ र डम्मर वली बिक्रम ६६ मत प्राप्त गरि निर्वाचित भएका छन् । दंगीशरणमा कुल १२२ मतदाता रहेकोमा १२१ मत खसेको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका स्तरीय अधिबेशनको निर्वाचन सकिएको छ । लमही नगरपालिकामा युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन । उनले अर्का प्रत्यासी शिबप्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन ।

चौधरी निवर्तमान सभापति हुन । त्यस्तै उपसभापतिमा बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन । खड्काले ८३ मत र चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन । चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सहसचिवमा खीम बहादुर योगी र हिमासु न्यौपाने निर्वाचित भएका छन । योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि बिजयी भएको मतदान अधिकृत प्रकाश डाङीले जानकारी दिए ।

राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारी निर्वाचित भएका छन । भण्डारीले ६३ मत र बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । १ सय १३ मतदाता रहेको राजपुरमा सबै मत खसेको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए । त्यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा थियो । अमृत खड्का ८७, आशाराम यादव ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन । अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन । गुप्ताले २४ मत लिएका छन ।

त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन । सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा पुर्णप्रसाद चौधरीले ९७ र पोषण राज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन ।

राप्ती गाउँपालिकामा हिजै सहमति भैसकेको छ, त्यहाँ सभापतिमा विद्याशरण चौधरी गाउँपालिका सभापति बनेका छन् ।त्यस्तै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शान्तिनगरपालिकाको सभापतिमा झलक केसी टीम सर्वसहमतिमा भएको हो ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी