१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । हामी एम्बुलेन्स देख्दा बित्तिकै बिरामीको कल्पना गर्दछौं । अर्थात् पक्कै पनि त्यो भित्र कोही बिरामी छन् भन्ने आंकलन गर्छौै । कतिपयले त गुडिरहेको एम्बुलेन्सलाई दर्शन टक्राउँदै स्वास्थ्य लाभको कामना गर्दछन् । तर, शनिबार बुटवलमा भने एम्बुलेन्स, एम्बुलेन्समा भएका बिरामीप्रति फरक दृश्य देखियो अर्थात् यो पंक्तिकारलाई फरक अनुभूति भयो । शनिबार दिउँसो बुटवल–८ मा अवस्थित सिद्धेश्वर खेल मैदानमा नेपाली काँग्रेस बुटवल उपमहानगरको नेतृत्व चयनका लागि चुनावी चहल–पहल थियो । नेतृत्व चयनका लागि प्रतिनिधि जितेर आएका मतदाताहरु गफिँदै ओहोर–दोहोर गर्नुका साथै खुला चौरमा चुनावी परिणामको समेत आँकलन गर्दै पलेटी कसिरहेका थिए ।

Advertisement

बिहान ११ बजेदेखि मतदान हुने भनेर बोलाइएका प्रतिनिधिहरु समयमै मतदान सुरु नहुँदा दिउँसो सभा १ बजेको चर्को घाममा पनि पर्खि रहेका थिए । सोही भिडको एक छेउमा लु १ च ५२४० नम्बरको एम्बुलेन्स खडा हुन आउँछ । उक्त एम्बुलेन्सले धेरैको ध्यान केन्द्रित गर्यो, सञ्चारकर्मीहरु पनि एम्बुलेन्सको फोटो खिच्दै अड्कलबाजी गर्न लागे । उनीहरुको जे अड्कलबाजी थियो विषय केही फरक थियो । धेरैको आँकलन काँग्रेसको नेतृत्व चयनका लागि एम्बुलेन्समा प्रतिनिधि ल्याइएको छ भन्ने थियो । वा भैपरी आउने स्वास्थ्य समस्या तथा उपचारका लागि पूर्वतयारीको पनि हुनसक्ने आंकलन थियो । तर, एम्बुलेन्स भित्र गुल्मीका ९४ वर्षिय वृद्ध थिए । उनी उपचारका लागि काठमाण्डौं जान हेलिकप्टरको पर्खाइमा थिए ।

समय बिताउन कठिन भइरहेका बेला मतदान गर्न आएका कांग्रेस प्रतिनिधिहरु र अन्यलाई हेलिकोप्टर आउने भएपछि समय बिताउने गतिलो अवसर जुर्यो । एम्बुलेन्स आएको केहि समयपछि करिब १ बजे र २० मिनेटको समयमा बुटवलको आकाशमा हेलिकप्टर घुम्न थाल्यो, उक्त हेलिकोप्टर बिस्तारै सिद्देश्वर मैदानमा खुट्टा टेकाउन झर्दै गर्दा सबैले मोवाइल निकालेर तस्विर तथा विभिन्न कोणमा टिकटकका लागि भिडियो लिनेको घुइँचो लाग्यो ।

सिद्धेश्वर मैदानमा हेलिकोप्टर उभिएसँगै सेल्फी लिने र टिकटक बनाउनेहरुले घेरियो । बिरामीका आफन्तहरु भने एम्बुलेन्समा रहेका ९४ वर्षिय वृद्धलाई कसरी हेलिकप्टरमा लगेर राख्ने हो मेसो मिलाउँदै थिए । सेल्फी र टिकटक बनाउने भिडले बिरामीलाई हेलिकप्टरसम्म पुर्याउन के–कति असर परेको छ, कसैको ध्यान त्यसतर्फ देखिएको थिएन ।

करिब २० मिनेटको बसाईपछि बिरामीलाई लिएर उक्त हेलिकोप्टरले बुटवलको जमिन छाड्दै गर्दासमेत उक्त भिडले सेल्फि र टिकटकको काम सकेको थिएन । बुटवलको आकाशबाट टाढिदै गएको हेलिकोप्टरलाई अन्तिमसम्म ध्यान लगाएर हेरेको भिडमा कतीले ती वृद्ध बिरामीका बारेमा सोँचेका थिए होला ! यो अनुत्तरित प्रश्ननै रहयो । यसरी प्रविधिको विकासले केही मिनेटमै बुटवलका बिरामी काठमाण्डौं पुगेर उपचार गराउन पाउनु सकारात्मक भए पनि केही प्रविधिले मानवतालाई पनि भुल्ने गराएको हो की ?

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु