ताजा अपडेट »

प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट दिन सुरू

सोमबार, ०४ असोज २०७८, ०९ : ४०
2 Shares

काठमाडाैं । विश्वकै सबैभन्दा गहिराे कोङ्गो नदि वरपरका क्षेत्रमा प्रकाशको किरणबाट उच्च गतिकाे इन्टरनेट दिने कार्य सुरू भएकाे छ । याे सेवा सुरू भएसँगै काेङ्गाे नदीले छुट्याएका ब्रजिभिला र किंशासा सहरका जनताले सस्तो मूल्यमा फास्ट इन्टरनेट चलाउन पाउने भएका छन् ।गुगलकाे अभिभावक कम्पनी अल्फाबेटकाे ‘तारा’ प्रोजेक्टमार्फत लेजर इन्टरनेट सिस्टमबाट ७०० टेराबाइट डेटा ट्रान्सफर भएकाे जनाइएकाे छ । याे सेवाको पहुँच सबै मौसम र स्थानमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अफ्रिकाका यी दुई सहरमा भएको दूरीलाई मेटाउने उद्देश्यले यो अभ्यास गरिएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार वायरलेस अप्टिकल कम्युनिकेसन सिस्टम (ताररहित प्रविधिबाट इन्टरनेट उपलब्ध हुने) मार्फत २० दिनमा ७०० टेराबाइट डेटा ट्रान्सफर भएकाे छ । जसअन्तर्गत २० जीबीपीएस कमर्सियल लिंक उपलब्ध गराइएकाे थियाे ।यी दुई सहरका एक कराेड ७० लाख मानिसलाई सबै मौसममा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।

कम्पनीले विगत तीन वर्षदेखि याे परियोजनामा काम गरिरहेको थियो । यसैगरी कम्पनीले केन्यामा उच्च गतिकाे इन्टरनेट व्यवसायिक रुपमा उपलब्ध गराउने योजना बनाएको छ । यसअघि प्रोजेक्ट ‘लुन’ मा फ्रिस्पेस अप्टिकल कम्युनिकेसन प्रविधिको परीक्षण गरिएको थियो, जुन गत फेब्रुअरीमा अल्फाबेटले बन्द गरेकाे थियाे । केही समयअघि चरा उड्दा समस्या देखिएपछि उक्त समस्याको समाधानमा टिमले काम गरिरहेको छ । यो प्रविधि भारत, केन्या, मेक्सिको र अमेरिकामा परीक्षण गरिएको छ ।टेकपानाबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।