ताजा अपडेट »

नेपालमा थपिए ७३४ कोरोना संक्रमित, १२ जनाको मृत्यु

आइतबार, ०३ असोज २०७८, १७ : २९
6 Shares

बुटवल । नेपालमा थप ७३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ७ हजार ३०४ र एन्टिजेन विधिबाट २ हजार ७०९ जनाको परिक्षण गर्दा ७३४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८४ हजार ५६६ र एन्टिजेनबाट ८८ हजार ९६८ जना पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४९ हजार २१३ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।