ताजा अपडेट »

नेपालमा थप १ हजार ६६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

शनिबार, ०२ असोज २०७८, १७ : ४९
8 Shares

बुटवल । नेपालमा थप १ हजार ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार ५४० र एन्टिजेन विधिबाट २ हजार ८१८ जनामा परिक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ८३ हजार ९१० र एन्टिजेनबाट ८८ हजार ८९० जना पुगेको छ ।

यस्तै, नेपालमा थप १ हजार २३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० जना पुगेको छ ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २८ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।