ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्रीको भालुवाङमा सम्पर्क कार्यालय

शुक्रबार, ०१ असोज २०७८, २१ : २३
2 Shares

दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले मन्त्री परिषदले प्रदेश प्रदेशको स्थायी राजधानी रहने स्थानमा भालुवाङ्ग लालमटियामा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यावस्थान गर्ने निर्णय गरेको छ । साथै संविधान दिवशको २०७८ को अवसरमा ५७ जना प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई प्रदेश पदकद्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्री परिषद्ले यस्तो निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले मन्त्री परिषद्मा प्रेदश पदक प्रदान गर्ने, साविकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको सत्तामा मुख्यमन्त्री शैक्षिक सुधारका कार्यक्रम लागु गर्ने, प्रदेश सरकारको कार्य विभाजन नियमावलीको अनुसूचीममा रहेर हेरफेर भए अनुसारको साविकको मन्त्रालयहरुले कार्यजिम्मेवारी हेरफेर भए बमोजिम समिन्धत मन्त्रालहरुलाई अभिलेख र सम्पत्ति दायित्व र जनशक्ति समेत हस्तातरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज केसीले बैठकपछि पत्रकारहरु सम्मेलनमा बताए ।

यस्तै मन्त्री परिषद्ले राजधानी व्यवस्थापन कार्य जिम्मेवारी पर्यटन तथा शहरी विकास मन्त्रालयलाई तोकिएको हुँदा राप्ती गाउँपालिका २ लालमटिया दाङस्थित राजधानी व्यवस्थापनको कार्यालय (अस्थायी)लाई अभिलेख, सम्पत्ति दायित्व जनशक्तिसहित उक्त मन्त्रालयलाई हस्तातरण गर्ने, प्रदेश राजधानी रहने स्थानमा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यावस्थान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्ती रोल्पाका रमेशबहादुर वली क्षेत्रीलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज केसीले बताए ।

मन्त्री परिषद्ले व्यवस्थापन समम्बन्धी कार्यविधि २०७८ दोस्रो संसोधन स्वीकृति गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्ले भुगोल मिलान झिमरुक गाउँपालिका प्यूठानको केन्द्र भ्यागुतेको सत्ता मच्छि कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडा, रोल्पा नगरपालिका वडा थपघट तथा समायोजन, बुटवल उपमहानगरपालिकाको थपघट तथा समायोजन बारेमा निर्णय छ । सरकारका प्रवक्ताका कृष्णध्वज केसीले सरकारले छिटै सदन सञ्चालन गर्ने, बजेट लिने विषयमा राजनीतिक रुपमा छलफल भइरहेको छ । उनले जनमुखि बजेट निर्माण गरि रहेको कुरा पनि जानकारी गराए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी