ताजा अपडेट »

१२ लाख लगानीमा राजकुमारकाे कबाव उद्योग

शुक्रबार, ०१ असोज २०७८, ११ : ००
4 Shares

दाङ । भारतको नयाँदिल्लीमा काम सिकेर ४ बर्ष अगाडी स्वदेश फर्किएका राजपुर गाउँपालिका ४ दुलैयाका राजकुमार बिश्वकर्माले अहिले सिक कबाव बनाउने पेशामा लालेका छन् । सिक कबावमा जिवन रोज्दै बिश्वकर्माले १२ लाखको लगानीमा मसिन औजार खरिद गरेर दाङ जिल्लामै पहिलो पटक जिल्लाको दुर्गम स्थान मानिने राजपुरको दुलैयास्थित आफ्नै घरमा फेक्ट्री खोलेका छन् ।

भारतको दिल्लीस्थित स्ट्याण्डर्ड सिक कबाव कम्पनिमा १५ बर्ष नोकरी गरें । सबै काम त्यहि सिकेको हुँ । बिगत ४ बर्ष अगाडी स्वदेश फर्कें र त्यहि नामबाटै सिक कबाव बनाउने उद्योग खोलें उनले भने । स्वदेश गएर कसरी के काम गरेर परिवार पाल्ने होला भन्ने चिन्तामा छट्पटाएका राजकुमारले दाङ जिल्लाका सबै बजार र छिमेकी जिल्लामा समेत अध्ययन गरे । कतैपनि सिक कबावको उद्योग संचालनमा आएको नदेखे पछि ४ बर्ष अगाडी २०७४ मा राजपुरको दुलैयास्थित आफ्नै घरमा फेक्ट्री खोलेर ब्यवसाय सुरु गरि प्रचार–प्रसारमा लागे ।

देउखुरीको राजपुरमा उद्योग चलाएर कसरी बजार पाउन सकिएला भन्ने चिन्तामा रहेका राजकुमारले अहिले सुर्खेत, धनगढी, बुटवल, नेपालगंज, प्यूठान र दाङका धेरै बजारहरुमा उत्पादन खपत गर्न सफल भएको ग्लोबल आवाजसँग बताए । ब्रोइलर कुखुराको मासु मसिनमा पेलेर राजकुमारले सिक कबाव, चिकन सोसेस र सलामीलगायतका सामाग्रीहरु उत्पादन गर्दै आएका छन् । आफूले उत्पादन गर्दै आएका यि चिजहरुको बजार माग बढ्दै आएको र हाल १ महिनामा ८ सयदेखि १२ सय किलो सम्म बिक्री गर्न सफल भएको उनले बतनए । सुरुमा १२ लाखको लगनीबाट सुरु गरेको उद्योग अहिले झण्डै २२ लाखको भएको छ । सो उद्योगगको लागि राजपुर गाउँपालिकाले समेत अनुदान रकम सहयोग गरेको उनले बताए ।

राजपुर जस्तो ठाउँमा जिल्लामै नभएको ब्यवसाय सुरु गरेको देखेर ब्यवसाय प्रवर्धनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत ५० हजारको डि–फ्रिज उपलब्ध गराइएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । रोजगार प्रबर्धन यो कार्यक्रमको लक्ष्य भएको र यस्ता ब्यवसाय संचालकहरुलाई टेवा पुर्याई युवाहरुलाई स्वदेशमै रोजगारमा प्रोत्साहन गर्न राजकुमारको सिक कबाव उद्योगलाई ५० हजार अनुदान उपलब्ध गराइएको लुम्बिनी प्रदेश मुखयमन्त्री कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले जानकारी दिए ।

राजपुर जस्तो दुर्गम भूगोलमा मालसामानहरु ऋायात गर्ने मात्र हुन्थ्यो, निर्यात गर्ने एउटा उद्योग पनि थिएन् । अहिले हाम्रो पालिकामा सिक कबाव उद्योग र घरेलु हतियार बनाउने उद्योग छन् । यसले गर्दा राजपुरको गौरब समेत बढाएको छ गाउँपालिका प्रशासन शाखाका प्रमुख महेश थापा ठेंडीले भने । सुरुमा हामीले पत्याएका थिएनौं तर अहिलेको अवस्था हेर्दा अनुकरणीय बनेको छ गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत शरद रेग्मीले भने ।

होटल र सुपरमार्केटहरुमा खपत हुने सिक कबाव र चिकन सोंसेजको बजार बढ्दो छ । बिदेशमा यो असाध्यै महत्वको मानिन्छ, नेपालमा पनि यसको महत्व दिन प्रतिदिन बढ्दै छ । यसलाई बिस्तार गरि ठूलो बनाउने तयारीमा छु आफ्नै घरमा उद्योग चलाएका बिश्वकर्माले भने । उद्योगका लागि ब्रोइलर कुखुरा राख्ने फर्म समेत आफ्नै रहेको उनले बताए । सिक कबाव उद्योगले सजिलै परिवार पाल्दै आएको र मुनाफा बाट लगानी बढाउँदै आधा करोडको उद्योग संचालन गर्ने धोको रहेको उनले बताए । स्थानीय तथा प्रदेश सरकारहरुले स्थानीय ब्यवसायलाई प्रबर्धन गर्न लगानी सहयोग गर्न सके यस्ता उद्योगहरुले सार्थकता पाउने र भूगोलको समेत पहिचान बनाउने स्थानीय जानकारहरु बताउँछन् ।  

सुमन केसी
लेखकको बारेमा
सुमन केसी