९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

ओखलढुङ्गा ।ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए । “प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । ड्यिूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन”, उनले भने, “प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं ।” देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको उनको भनाइ छ ।कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमासमेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व