११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ सोमइथान बस्ने सुकलाल बिश्वकर्मा शिक्षण पेशा छोडेर आरन पेशामा जिवन खोज्दै छन् । शिक्षण छोडेर आरन पेशामा लागेको सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ तर बिश्वकर्मालाई बिहानै उठेदेखि राती ९ बजेसम्म फलाम पिटेर खुकुरी बनाउन र पायन हेर्न भ्याइ–नभ्याई छ । २०४९ सालमा राजपुर २ मा सोमइथान प्रावि स्थापनामा आफै पहल गरेर शिक्षण पेशा गर्दै आएका सुकलालले शिक्षण छोडेर बिगत १५ बर्ष अगाडीदेखि आरन पेशामा रमाउँदै आएका छन् ।

Advertisement

केहिबर्ष गाउँकै विद्यालयमा शिक्षकको काम गरें तर निजी स्रोतको शिक्षक बनेर परिवार पाल्न गाह्रो भएको थियो । सीप छदै थियो, शिक्षकको काम छोडेर पुख्यौली पेशा आरन रोजें । अहिले त्यसैमा जिवन रमाएको छ–सुकलालले भने । आजकलका नयाँ पिढीले पुख्र्यौली पेशा रोज्दैनन् तर मेरो छोराले मलाई पुरै साथ दिएको छ । राजपुर गाउँपालिका र मुख्यमन्त्री रोजगार कार्यक्रमले पनि थप सहयोग गरेको छ । बाऊ–छोरा मिलेर आरन उद्योग चलाएका छौं । मजासँग ११ जनाको परिवार पालेका छौं–उनले भने ।

राजपुर २ को सोमइथानमा घरेलु कृषि औजार तथा ग्रील उद्योग नामबाट ब्यवसायिक रुपमा आरन चलाएका सुकलालले खुकुरी, बसुला, दाबु, बञ्चरा, चुलेसी, फरुवा, खुर्पा र हँसियालगायतका घरेलु हतियारहरु बनाउने गरेका छन् । मुख्य गरि खुकुरीहरुको माग बढी छ । नेपालका बिभिन्न स्थानहरुबाट खुकुरी बनाइदिने अर्डर आउँछ उनले भने ।

नजिकका ग्राहकले घरमै आएर अर्डर गर्छन् भने टाढाका ग्राहकले फोनबाट पनि अर्डर गर्छन । दुई हजारदेखि ३० हजारसम्म मुल्यपर्ने खुकुरी उत्पाद गरि बिक्री गर्ने गरेको छु–बिश्वकर्माले भने । एघार जनाको परिवार पालेर मासिक ४५ देखि ५० हजारसम्म कमाएको छु । खुकुरी मै मेरो जिवन रमाएको छ । अब पुरानो नामको उद्योग कट्टागरी जिल्लाकै नाम रहनेगरि दंगाली खुकुरी उद्योग नामले उद्योग संचालनको तयारीमा दर्ता प्रोसेसको अन्तिम चरणमा छु उनले भने ।

आरन चलाउन गोलको अभाव छ । धार मिलाउने मसिनलाई ३ लाख भारतीय रुपियाँ पर्छ । त्यो अझै किन्न सकेको छैन । खुकुरीको दाव सिलाउन टाढा जानु पर्दथ्यो । राजपुर गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमको ५० हजार अनुदानबाट दाब सिलाउने मसिन ल्याएपछि घेरै सहज भएको छ उनले भने । खर्च र समय दुबै बचेको छ । यो पेशामा लागेको झण्डै १५ बर्ष पुगेको उनकोे भनाई छ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट यस्तै पेशा ब्यवसायलाई प्रेरणा दिदै रोजगार उन्मुख बनाउने अबधारणा बमोजिम गाउँपालिकामा सल्लाह गरि ब्यवसायलाई प्रबर्धन गर्न सहयोग गरेका हौं । हाम्रो सहयोगले सुकलालको परिवार खुसी छ कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले भने । शिक्षण पेशा छोडेर खुकुरी बनाएर जीवन रोजेको देख्दा पेशाप्रतिको सम्मान गर्न हामीले सपोर्ट गरेका हौं राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।

बिगत २०४४ सालमा राजपुरको सालभौंरीबाट सोमइथान आएका सुकलालले आरन पेशाबाट खुकुरी बनाएरै पक्किघर हालेका छन् । खुकुरीको बजारमाग धेरै छ । त्यसमा पनि उनले आकर्षक फिनिसीङसहित चिटिक्कका खुकुरी र दाबुहरु बनाउँछन् । खुकुरी तथा दाबुहरुको बजारमा धेरै माग भएको उनको भनाई छ । माग बमोजिम पु¥याउन सकेको छैन । आरन पेशा शिक्षणभन्दा सजिलो छैन तर शिक्षणमाभन्दा दाम राम्रो छ–सुकलालले भने । खुकुरीको धार मिलाउने मसिन र थप एउटा दाब सिलाउनु मसिन चाहिएको छ । खराद मसिन त छदै छ–उनले भने । नयाँ पुस्तालाई जागरुक बनाउन र पुरानालाई निरन्तरता दिन यस्ता पेशा ब्यवसायलाई राज्यले लगानी गरि प्रबर्धन गर्न जरुरी छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी