ताजा अपडेट »

नवलपरासीमा जिल्ला स्तरीय कविता प्रतियोगिता

मंगलबार, २९ भदौ २०७८, १९ : ३१
4 Shares

परासी । नेपाल बाल संगठन (बालमन्दिर) पश्चिम नवलपरासीको आयोजनामा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता परासीमा सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका विभिन्न १६ विद्यालयका २३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कोरोना संक्रमण र बालबालिकाको भोगाई शीर्षकमा भएको उक्त प्रतियोगितामा महाकवि देवकोटा मावि सुनवलकि सरिन भण्डारी प्रथम, अन्नपूर्ण बोर्डिङ स्कुल सुनवलकि ऋचा भट्टराई द्धितीय र राजा महात्मा पूर्णभद्र मावि बर्दघाटकी आरती पाण्डे तृतीय भएको प्रतियोगिताका निर्णायक संयोजक एवं विश्व साहित्य प्रतिष्ठानका जिल्ला अध्यक्ष दीपक बरालले जानकारी दिए । प्रतियोगिता प्रथम, द्धितीय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार तथा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक एवं नेपाल बाल संगठनका जिल्ला उपसभापति दीपककुमार गैरेले बताए ।

नेपाल बाल संगठनका जिल्ला सभापति पृत्तम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बालबालिकाको अधिकार संरक्षणमा सबैको भूमिका हुनुपर्ने बताए । उनले बाल श्रम उन्मुलन गर्दै बालबालिकाको संरक्षण र विकासमा तीनै तहका सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला बाल अधिकार समितिका सदस्य सुमनगोपाल आचार्य,निर्णायक संयोजक साहित्यकार दीपक बराल, निर्णायक सदस्य बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक शेषकान्त पौडेल, रामग्राम नगर स्तरीय बाल सञ्जालकि अध्यक्ष गोमा अग्रहरी, नेपाल बाल संगठनका जिल्ला सभापति दीपक गैरे, जिल्ला सचिव मोहन पौडेल लगायतले शुभकामना व्यक्त गरेको नेपाल बाल संगठनकी कोषाध्यक्ष रिंगला यादवले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।