ताजा अपडेट »

सैनामैनाका २३ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

मंगलबार, २९ भदौ २०७८, १६ : ५१
6 Shares

सैनामैना । बृहत यूवा अभियानले बाल दिवसको अवसर पारी सैनामैनाका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाले सैनामैनाको कोटिया देवी माध्यमिक विद्यालयका २३ जना विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको हो ।

बाल दिवस बालबालिकाको हितमा रहोस् र हरेक बालबालिकाले पढ्न लेख्न पाउने उनीहरुको नैसर्गिक अधिकार हो भन्ने हेतु ले बृहत युवा अभियान मार्फत यस अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष श्रीधर कंडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।