१ आश्विन २०७८, शुक्रबार

Sep 17, 2021

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरेका छन् ।राष्ट्रिय बाल दिवस-२०७८ को अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत कोरोना प्रभावित बालबालिकाका लागि शैय्याको व्यवस्था गरिएको बताए ।

कोरोनाको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री उनको भनाइ छ ।नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गरेका छन् । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पूरा भइसकेको छ ।

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं राष्ट्रिय बालअधिकार परिषद्‍मार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।प्रदेश सरकार तथा स्थानीय सरकारहरूले बालअधिकार संरक्षण तथा सम्वर्द्धनका कार्यहरूलाई प्राथमिकताका साथ लागू गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन् ।बालअधिकार संरक्षण तथा सम्वर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उनले राष्ट्रिय बालदिवस २०७८ को अवसरमा सम्पूर्ण अभिभावक, सेवा प्रदायक व्यक्ति तथा निकायहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासमा जिम्मेवार हुन पनि अनुरोध गरेका छन् ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका शान्तिका नाममा लुट, कार्यकर्ता पोस्न ५० करोड खर्च मन्त्रिपरिषद् विस्तारकाे विषय एक हप्ता भित्र टुङ्गाे लाग्छ: नेपाल खोलामा ट्रक खस्यो, चालकको मृत्यु बजेट होलिडे : सरकारको गैरजिम्मेवारीले उत्पन्न वित्तीय संकट कुन देशले बालबालिकाहरूलाई खोप दिँदैछन् ? १२ लाख लगानीमा राजकुमारकाे कबाव उद्योग म्याग्दीका हिमालमा आरोही आउन थाले ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग आजदेखि पाथीभरा दर्शन खुला सुनवलमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग हुम्लामा लोडसेडिङले कक्षा १२ को वार्षिक परीक्षा आधा घन्टा ढिलो सञ्चालन दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि… विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा चीनबाट थप ४४ लाख खोप आज आउँदै, निगमको वाइडबडी विमान बेइजिङमा सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले थाले संवाद, बालकोट पठाए प्रतिनिधि रातभरको वर्षाले कस्ता छन् लुम्बिनीका सडक ? विश्वकप लिग-२: नेपालले आज अमेरिकाको सामना गर्दै