ताजा अपडेट »

पाल्पाको तिनाउका विद्यालय मंगलबारबाट सञ्चालनमा आउने

सोमबार, २८ भदौ २०७८, १२ : ४८
4 Shares

बुटवल । कोरोना संक्रमणको दर केही कम हुन लागेसँगै विद्यालय भौतिक रुपमै सूचारु हुन लागेका छन् । सरकारले कोरोना संक्रमणको जोखिमको दरको अवस्था हेरेर स्थानीय तहहरुलाई विद्यालय सञ्चालन गर्ने अनुममित दिएसँगै लामो सयमसम्म बन्द रहेका विद्यालय खुल्न लागेका हुन् ।

कोरोना संक्रमणको दर कम भएसँगै पाल्पाको तिनाउ गाउँपालिकाका विद्यालय मंगलबारदेखि भौतिक रुपमा नै सञ्चालन हुने भएका छन् । सोमबार बसेको डिसिसिएमसीको बैठकले गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई मंगलबारदेखि सञ्चालन गर्न अनुमति दिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए ।

विद्यालयले कक्षा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने श्रेष्ठले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।