ताजा अपडेट »

सुनवलमा मोटरसाइकल दुर्घटना, रुपन्देहीका २९ वर्षीय युवाको मृत्यु

शुक्रबार, २५ भदौ २०७८, १० : ४५
10 Shares

बुटवल । नवलपरासी पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका– ७ सिसाहानीमा बिहीवार राति १० बजे रुपन्देहीको देवदहतर्फ आउँदै गरेको लु २३ प ९५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोे दुर्घटना भएको हो । दुर्घटनामा परी देवदह–५ कलुवाका २९ वर्षीय श्याम पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।