ताजा अपडेट »

रुपन्देहीमा चट्याङ लागेर एक युवाको मृत्यु, ३ जना घाइते

विहीबार, २४ भदौ २०७८, १९ : ५४
4 Shares

भैरहवा । रुपन्देहीको मर्चवारमा चट्यांग लागेर एक युवाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यू भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । साँझ करीब ५:३० बजे २ जना खेतबाट घास काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

संगै रहेका ११ वर्षिय सन्तोष यादव घाइते भएका छन । यसैगरी सोही समयमा मर्चवारी १ कोटियहवाको इन्र्दवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् । घटनाबारे थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । घाइतेहरूको उपचारकोलागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।