ताजा अपडेट »

नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

विहीबार, २४ भदौ २०७८, १७ : २९
6 Shares

बुटवल । नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ जनामा परिक्षण गर्दा १ हजार २७१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेनबाट ८६ हजार २१९ जना पुगेको छ ।

यस्तै, नेपालमा थप १ हजार ८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९०३ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।