ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना, १८ वर्षीय युवकको मृत्यु

विहीबार, २४ भदौ २०७८, १३ : ५३
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा गयराति लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका २ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।