२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पु-याएँ”, मृतकका बुवा खड्क भट्टले भने, “केही पनि भएको थिएन, अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए । “आज बेलुकी ४ बजे प्रशिक्षणमा आउँछु भनेर बुधबार मात्रै भेटेर फर्किएको थियो”, प्रशिक्षक चन्दले भने, “खेलमा केही गर्छ भन्ने आशा थियो, निराश बनाएर गयो ।” रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला