२३ असार २०७९, बिहीबार

Jul 7, 2022

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन् । उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए ।

Advertisement

गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई टेलिफोन गरेर बर्सातका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ । प्रजिअ सापकोटाका अनुसार रोल्पा नगरपालिका–१० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

त्यस्तै मन्त्री खाँणले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिए । प्रजिअ पराजुलीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुङ्गे पुलमा असर पु¥याएको जानकारी गराएका थिए ।

उनले ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नक्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा आइतबार अपराह्न चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाँणले त्यसबारे जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको मन्त्री खाँणलाई जानकारी गराएका थिए ।

मन्त्री खाँणले कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रजिअ शिवराम गेलाल र भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईसँग पनि बाढी, पहिरो र डुबानको असरबारे जानकारी लिएका थिए । उनीहरुले जिल्लामा रहेको अवस्थाबारे जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ । उनले सबै प्रजिअहरूलाई प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर गर्न निर्देशन दिएका थिए ।

आजै मन्त्री खाँणलाई मोरङमा प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत बिरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रजिअ कोषहरि निरौलाले जानकारी गराएका थिए ।

त्यस्तै सङ्खुवासभामाको मादी नगरपालिका–१ उमलिङमा एकै घरपरिवारका छ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रजिअ टेकनारायण पौडेलले जानकारी गराएका थिए । प्रजिअ पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, आठ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन