ताजा अपडेट »

गृह जिल्लाको पहिरोग्रस्त क्षेत्रमा एमाले नेता पौडेल

सोमबार, २१ भदौ २०७८, १८ : १७
6 Shares

बुटवल । नेकपा एमालेका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलको ज्योतीनगर आस-पासमा खसेको पहिरोको निरीक्षण गरेका छन् । नेकपा एमाले प्रदेश कमिटीको बुटवलमा हुने भोलिको बैठकलाई सम्बोधन गर्न आज बिहान गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल मार्फत रुपन्देही आएका पौडेलले पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । पौडेलसँगै पूर्व मन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझीले पनि निरीक्षण गरेका छन् ।

भदौं १३ र १४ भदौको भारी वर्षापछि ज्योतिनगर क्षेत्र पहिरोले प्रभावित बनेको छ । चुरे क्षेत्रबाट आएको पहिरोले ५ दर्जन बढी घरमा क्षति पुराएको छ । पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् । २०३८/२०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।