१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै कारोबार शुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुनेक्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो । 

Advertisement

कारोबार शुरु भएको एक घण्टामा नै झण्डै १०० अङ्कले ओरालो लागेको नेप्से पाँच प्रतिशत बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ बिन्दुमा ओर्लिएको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ बिन्दुले घटेर ५२२.०१ मा ओर्लेको छ । कूल २२३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर रु ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ४४.५१, व्यापार २१६.६४, होटल तथा पर्यटन १६१.२, विकास बैंक ३९४.८, जलविद्युत् २१६.९५, वित्त २३९.०८, निर्जीवन बीमा ५१९.४६, उत्पादन १७५.३२, अन्य ८३.१५, लघुवित्त १६२.९५, जीवन बीमा ५११.७८, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.८५ बिन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७० करोड ३३ लाख ३० हजार २०८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ३० करोड १९ हजार ६२ हजार ४७५, नेपाल बैंक रु २५ करोड ३१ लाख ९६ हजार १०३, नबलि बैंक रु २४ करोड ६५ लाख ४४ हजार ५७९ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रु २१ करोड ९१ हजार ५१ हजार तीन बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्स ९.९७, मनकामना स्मार्ट लघुवित्त ४.०२, गुराँस लघुवित्त १.९४, गुडबिल फाइनान्स ऋणपत्र १.९३ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.७६ प्रतिशतले कमाए । 

नारायाणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, हिमालउन ऊर्जा विकास कम्पनी, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लाग्यो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)