ताजा अपडेट »

रुपन्देहीको देवदहका विद्यालय २७ गतेदेखि भौतिक रुपमा सूचारु हुने

आइतबार, २० भदौ २०७८, १६ : १०
4 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाका विद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालय भदौ २७ गतेदेखि भौतिक रुपमा पठन–पाठन सूचारु हुने नगरपालिकाका सूचना अधिकारी टिकाराम शर्माले बताए।

धेरै विद्यार्थीहरु र भौतिक संरचना कम भएका विद्यालयले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्ने गरी विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिएको सूचना अधिकारी शर्माले बताए । ‘स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरि भदौ २७ गतेदेखि भौतिक रुपमा नै कक्षा सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति दिएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै शर्माले भने ‘ धेरै विद्यार्थीहरु भएका विद्यालय र भौतिक संरचना कम भएका विद्यालयहरुले सिफ्टमा अनुसार पठन–पाठन गराउनु पर्ने छ ।’

देवदह नगरपालिकामा ३० वटा सामुदायिक विद्यालय र १७ वटा संस्थागत विद्यालय गरी ४७ वटा विद्यालय रहेका छन् । नगरपालिकामा २० हजार भन्दा बढी विद्यार्थीहरु छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।