१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाण्डौं । कम्प्युटर एशोसिएन नेपाल महांसंघद्धारा आयोजित कोभिड १९ मा सूचना प्रविधि र संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। काठमाण्डौको मैतीदेवी स्थित सन वे ईन्टरनेशनल बिजनेस स्कूलमा पत्रकार महिलाहरुको लागि क्यान महासंघको वुमेन इन आइसिटी र आइसिटी यूथ इम्पावरमेन्ट कमिटिद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ महिला संचारकर्मी एवं मिडिया एड्भोकेसी ग्रपकी कार्यकारी निर्देशक बबिता बस्नेत र साउथ एसिया वमेन इन मिडियाका अध्यक्ष तथा सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्मा प्रमुख श्रोत व्यक्तिको रुपमा रहेका थिए।

Advertisement

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले उपस्थित अतिथिहरु र सहभागीहरुलाई स्वागत गर्दै हरेक संकट वा महामारी सामनापछि मानिसले आफ्नो कार्यशैलीमा परिमार्जन गर्ने गरेको दृष्टान्त पाइन्छ । कोरोनाभाइरस रोगले विश्वव्यापी माहामारीको रुप लिएपछि नेपाली पत्रकारको रिर्पोटिङ गर्ने शैलीमा केहि उल्लेखनीय परिवर्तन आएको छ । पत्रकारको कार्यालय घरमै बनेसँगै कोभिड १९ रिपोर्टिङमा केहि नवप्रवर्तनका उदाहरणहरु पनि देखिएको बताए।

कोभिड १९ महामारीको बेला नेपाली मिडियामा देखिएका बिशेष गरी रेडियो, टेलिभिजन र अनलाइन माध्यममा बिषयवस्तु वा समाचार कन्टेन्टका स्वरुप र प्रस्तुतिका शैली, मल्टिमिडियामा प्रयोग, पाठक सम्मको पहुँचका लागि अपनाइएका सम्प्रेषण वा बितरणका तौरतरिकामा धेरै परिर्वतन आएको छ।

अधिकांश नेपाली सञ्चार माध्यमले डिजिटल प्रविधिको अझ बृहतर प्रयोग गर्न थालेका छन । उनीहरूले सामाजिक सञ्जालको भरपुर प्रयोग गरेका छन । मिडियामा प्राविधिक रुपान्तर हुँदा नेपालमा अनलाइन मिडिया नवप्रवर्तन क्षेत्रको रुपमा विकास भएको कुरा अध्यक्ष कुँवरले बताए।

लकडाउनको अवधिमा नेपाली पत्रकारले ‘मोबाइल जर्नालिजम’ अझ सिकेको र मोबाइलबाट समाचारलाई चाहिने खुराक – फोटो, भिडियो र आवाज – कसरी संकलन गर्ने भन्नेकुरामा वढि ध्यान दिइएको पाईयो । त्यसकारण कोभिड १९ महामारीले नेपाली मिडियामा नवप्रवर्तन अथवा इन्नेभेसन नै ल्याईदियो उनले भने।

कोभिड १९ पछि नेपाली मिडियामा समाचार कन्टेन्ट र शैली, मल्टीमिडिया र प्रविधिको प्रयोग, विविध प्लेटफर्महरुको प्रयोग जस्तै ‘डिजिटल माध्यममा मेसेन्जर, भाइबर, जुम, ह्वाट्सअप, डिजिटल प्रकाशन , वेबसाइटबाट प्रकाशन, सामाजिक संञ्जालबाट वितरण, र अडियन्स इन्गेजमेन्ट अर्थात पाठक केन्द्रित प्रकाशन लाई बढि महत्व दिएको पाइन्छ । त्यसैले अव नेपाल पूर्णरुपमा डिजिटल जर्नालिज्ममा प्रवेश गरेको हो कि भन्न पनि सकिन्छ ।’ उक्त कार्यक्रममा अध्यक्षले भने ।

कार्यक्रम शुरुवात गर्दै क्यान महासंघका महासचिव नारायण थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुका साथै क्यान महासंघ र क्यान महासंघले गर्ने कार्यक्रमहरुका सन्र्दभमा प्रकाश पारेका थिए।

अतिथि वक्ता वरिष्ठ सञ्चारकर्र्मी तथा मिडिया एड्भोकेसी ग्रपका कार्यकारी निर्देशक बबिता बस्नेतले महिला पत्रकारमा कोभिड १९ ले ल्याएको असर, चुनौती र भूमिका का बारेमा बताउँदै महिलाहरु टेक्नोलोजीमा सहभागिता कम रहेको तर यस महामारीले सूचना प्रविधिमा ठूलो फड्को मारेको ले महिलाले पनि यसबाट लाभान्वित हुने अवसर पाएको बताइन।

साथै मिडिया एड्भोकेसी ग्रपबाट हालै प्रकाशित महिला पत्रकारमा कोभिड १९ को असर विषयको पुस्तकमा धेरै तथ्यांङ्क रहेको समेत बताउनु भयो । अर्का अतिथि सञ्चारिका समूहका पूर्व अध्यक्ष निर्मला शर्माले सूचना प्रविधिको विकास सँगै चुुनौती पनि रहेको उल्लेख गरिन। सूचनाको श्रोतको स्तर र सही सूचना पाउने नागरिकको हकमा भने यस महामारीको समयमा ह्वात्त एकैताल बढे पनि प्रविधिले भने विश्वसनीयता त्यक्ति बढाउन नसकेको बताइन।

सूचना प्रविधिको सही सदुपयोगले सूचना सम्प्रेषण गर्न सजिलो र सही सूचना प्रेशित हुनेमा भने दुईमत नरहेको उनको कथन थियो । अन्तरक्रिया कार्यक्रको प्रायोजक संस्था सन वे कलेजका को अर्डिनेटर मनिष महर्जनले इन्टरनेट अफ थिङ्गस को विषयमा प्रकाश पारे। कार्यक्रममा विभिन्न सञ्चार माध्यमबाट उपस्थित सञ्चारकर्मीको प्रश्नको जवाफ अतिथिहरुले दिएका थिए ।

क्यान महासंघ वुमेन इन आइसिटीका सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका कार्यसमिति सदस्य रीना श्रेष्ठको संयोजनमा रहेको उक्त कार्यक्रममा, क्यान महासंघ आइसिटी यूथ इम्पावरमेन्टका कोर्डिनेटर शर्मिला भुजेल, वुमेन इन आइसिटीका सल्लाहकार रोजा किरण वासुकला को उपस्थिती रहेको थियो । आइसिटी यूथ इम्पावरमेन्टका सदस्य सुरेन्द्र श्रेष्ठको संचालनमा रहेको कार्यक्रम वुमेन इन आइसिटीका कोर्डिनेटर शीला कंसाकार कार्कीको धन्यवाद मन्तव्य सहित समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा