८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

Advertisement

सल्यान । सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज शुक्रबार दिउंसो पौने २ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै जमपानी स्थित दाङबाट पश्चिमरुकुम तर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा उक्त बसमा १५ जना घाइते भएको सल्यान प्रहरीले बताएको छ ।

बसमा २८ जना यात्रुसवार रहेको प्रहरीले बताएको छ । घाइते हुनेमा जिल्ला सल्यान कपुरकोट ५ निवासी २३ वर्षिय रेखा साहु, सोही ठाउँ निवासी ३१ वर्षिय सिता बुढाथोकी, दार्मा गउायँपालिका ५ निवासी २० वर्षिय प्रबेश बस्नेत, शारदा नगरपालिका १५ निवासी ४९ वर्षिय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ निवासी ४० वर्षिय कृष्णा गौतम, कुमाख गाउँपालिका निवासी ७३ वर्षिय हिरे राना, कपुरकोट गाउँपालिका ५ रिम निवासी ४५ वर्षिय धन कुमारी रोका, सोही ठाउँ निवासी २१ वर्षिय याम कुमारी बोहरा, कपुरकोट गा.पा. ५ निवासी तिला महतरा, बागचौर नगरपालिका २ निवासी ४५ वर्षिय लाल बहादुर डाँगी, दाङ दंगीशरण गाउँपालिका ५ निवासी २५ वर्षिय निर्मला शर्मा, तुलसीपुर ३ निवासी २८ वर्षिय बिनोद बुढाथोकी, पश्चिमरुकुम मसिकोट नगरपालिका ४ निवासी ७५ वर्षिय मोहन सिंह पुन, पश्चिमरुकुम त्रिबेणी गाउँपालिका २ निवासी २१ वर्षिय जोकबहादुर खड्का र सोही ठाउँ निवासी २२ वर्षिय किरण ओली घाइते भएका छन् ।

घाइते १५ जना मध्य तीन जनामा मध्यम र १२ जना समान्य घाईते भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । साथै चालक फरार रहेकोले खोजी कार्य जारी रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’