१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

Advertisement

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कल नहुने भए पनि कम्पनीका ग्राहक वर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ ।”

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु