१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काभ्रेपलाञ्चोक । यस वर्ष पनि बनेपामा कन्यालाई नपुजिने भएको छ । एक सय १९ वर्षदेखि निरन्तर सो पूजामा रजस्वला नभएका कन्यालाई पुज्दै आइएको थियो । कोरोना भाइरसको जोखिमका कारण यसवर्ष पनि कन्या पूजा रोकिएको सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ । समितिले गत वर्ष पनि कन्या पूजालाई परम्परामै सीमित गरेको थियो । कन्या पूजा कृष्ण जन्माष्टमीमा गरिँदै आइएको थियो । यस वर्ष पनि भोलि अर्थात् सोमबार कन्यापूजा परेको छ । “कोरोना महमारीका कारण यस वर्ष कन्यालाई नपुज्ने भयौँ, कन्या पूजा कार्यक्रमलाई रोकेका छौँ”, समितिका सचिव सुरकृष्ण वैद्यले भने । उनका अनुसार पूर्णरूपमा जोखिम हटेपछि मात्रै कन्या पूजालाई पुनः निरन्तरता दिइनेछ ।

Advertisement

रजस्वला नभएका र बेल विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र मनले चिताएको पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका)लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने गरिन्छ । विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिँदै आइएको थियो । बनेपा नगरमा यो पूजाको इतिहास ११९ वर्ष पुरानो भएको बताइएको छ ।

बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्थ्यो । नेवाः कन्या पूजा नाम दिइएको एउटा टिकलवाला कन्या पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्थ्यो । त्यहाँ वर्षेनी करिब दुई हजार ५०० हाराहारीमा कन्या पुजिन्थे । उक्त पूजालाई गत शुक्रबार पराम्परामै सीमित बनाइएको उक्त समितिले जनाएको छ ।

यसैगरी बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा वर्षेनी करिब आठदेखि १० हजार कन्या सहभागी हुने गर्दथे । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दथ्यो ।

कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिए । उनका अनुसार कन्या पूजामा समितिमार्फत १३५ भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकामा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ । पूजामा जिल्लाको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका रजस्वला नभएका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तको आउने–जाने प्रक्रिया चलिरहन्छ ।

बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । स्थानीय समाजसेवी लम्बोदर कायस्थले भने, “रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरूमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ ।” पछिल्ला केही वर्षदेखि काभे्रपलाञ्चोकको धुलिखेल, पनौती, भैँसेपाटी, धनेश्वर, दाप्चा, साँगा, दोलालघाट, नालालगायत विभिन्न स्थानमा वर्षेनी १५ हजारभन्दा बढी कन्या पुजिन्छन् ।

अर्को किंवदन्तीअनुसार रजस्वला नभएका र बेल–विवाह नगरिएका कन्याहरूको लाममा देवकन्या, नागकन्या, गन्धर्व कन्या, किन्नर कन्या र किचकन्यासमेत मानव–कन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’ भएकाले कन्यालाई पुज्दै आएका बताइन्छ । कन्याहरूको स्वागत एवं सम्मनमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजाको व्यवस्थापनसमेत गर्छन् ।

बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा सुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुः ख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोहीलाई प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आइएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण