६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । कान्ति माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । विद्यालयले शैक्षिक सत्र–२०७८ का लागि विभिन्न विषयमा भर्ना भएका विद्यार्थीहरुका लागि अनलाइन भर्चूअलका माध्यमबाट स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदीले मोफोसलमा रहेर पनि कान्तिले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा विभिन्न विषयका विज्ञ उत्पादन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गरे । साथै आग्रमी शैक्षिक सत्रमा यो विद्यालय देशकै नमुना विद्यालयका रुपमा स्थापित गर्नका लागि स्थानीय सरकारले गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए ।

यस्तै कार्यक्रममा नगर उप–प्रमुख गुमादेवी आचार्यले शिक्षा आम नागरिककोे मौलिक हक अधिकार भएकाले सबैलाई राज्यले सम्मान शिक्षाको व्यवस्था गर्नु पर्ने बताइन् । साथै उनले बुटवल उपमहानगरको बारेमा सानै उमेर समूहका विद्यार्थीलाई जानकारी गराउनका लागि स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याएको बताइन् । यस्तै स्वागत कार्यक्रममा विद्यालयका संरक्षक एवंम वडा नम्बर ४ का अध्यक्ष टंक प्रसाद पराजुलीले विद्यालयको अबको शैक्षिक कार्यक्रम इ–सिकाई, प्राविधिक धारका विषयबस्तुहरुको पठन–पाठन केन्द्रित हुनु पर्र्ने बताए ।

नवआगन्तुक विद्यार्थीहरुलाई उत्प्रेरक डा. तारा जि.ले व्यक्तित्व विकास, नेतृत्व बिकास र जीवनमा सफलता प्राप्त गर्नका लागि गर्नु पर्ने कार्यहरुलाई समेटेर उत्प्रेरणामूलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्राचार्य गोविन्द ज्ञवालीले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै औपचारिक शिक्षण सिकाई नियमका बारे जानकारी गराए । साथै प्राचार्य ज्ञावलीले सबैको साथ र सहयोगले विद्यालय अहिलेको अवस्थामा आउन सफल भएको बताए । विद्यालयलाई शैक्षिकस्तरलाई अझ माथि उकास्नका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

हुमराज भुसाल संयोजकत्व भएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमानन्द शर्मा र कार्यक्रमको संचालन शिक्षक राजन पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार