ताजा अपडेट »

आहा रुकुमकोट ! (१० तस्वीर र भिडियोसहित)

बुधबार, ०९ भदौ २०७८, १८ : ०९
118 Shares

रुकुम । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला र नेपालको कान्छो जिल्लाको रुपमा चिनिने रुकुम पूर्वको अस्थाई सदरमुकाम हो रुकुमकोट । यो सुन्दर ठाउँ, नेपालको पूर्व पश्चिम लोकमार्ग अर्थात् पहाडी लोक मार्गको छेउमै अवस्थित छ । पछिल्लो पटक रुकुम पूर्व छुट्टै जिल्ला र रुकुमकोट अस्थाई सदरमुकाम घोसणा भए एता यो ठाउँमा भौतिक संरचनाले तिव्र रुपमा विकास लिएको छ । सम्पूर्ण जिल्लाको सरकारी तथा गैरसरकारी कार्यालय, बजार ब्यापारको केन्द्र थलो बनेको छ रुकुमकोट ।

रुकुमकोट विशेषताहरु

रुकुम पूर्वमा तीन स्थानीय तह छन् । ती मध्ये सिस्ने गाउँपलिकामा पर्ने रुकुमकोटको अरु पनि धेरै विशेषताहरु रहेका छन् । पर्यटकीय स्थलका हिसाबले यहाँ रहेको सुन्दर कमल दह एक महत्वपूर्व आकर्षक बनेको छ । रुकुम पूर्व पश्चिम दुवै जिल्ला भरिका अन्तरिक पर्यटकहरु यहाँ आएर आनन्द लिने गर्दछन् भने पछिल्ला दिनहरुमा विशेष बिदाको मौका पारि रुकुम पूर्वको छिमेकी जिल्ला रोल्पा तथा बागलुङ्गबाट पनि पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।

रुकुमकोट

दह वरिपरी कमलको फूल फुल्ने भएर यो दहको नाम कमल दह राखिएको हो । यतिबेला कमल दहमा ढकमक्क कमलको फूल फुलेर यसको सौन्दर्यताको बयान जति गर्यो त्यति नै कम हुने महसुस हुन्छ । कमल दह लगाएत यहाँ अरु पनि पर्यटकीय गन्तब्यहरु रहेका छन् । भर्खरै बनेको झुम्कामारी सहिद पार्क, टिकटकरहरुको भाइरल स्थान हेलिप्याड, नाग डाँडा, बतासे डाँडा द्वन्द स्थल, छिप्री दह यहाँको अरु घुम्ने स्थल हरु हुन् ।

रुकुमकोट

फर्केर इतिहास पल्टाउने हो भने, तत्कालिन सिंगो रुकुम जिल्ला हुँदा समेत २०१८ सालमा जिल्ला सदरमुकामको रुपमा रहेको हो रुकुमकोट । तर, पछि रुकुमकोटबाट सदरमुकाम उठाएर २०३० सालमा मुसीकोटमा लगिएको थियो । पहिले १२ वर्ष बसेको सदरमुकाम मुसीकोट लगेको र ४४ वर्षपछि जिल्ला टुक्रिँदा अस्थाई रुपमा भएपनि जिल्ला सदरमुकाम फर्केको छ र पटक–पटक सुनुवाइको गते मिति तिथि तय गरेपनि अहिलेसम्म स्थाई रुपमा निर्णय भने हुन सकेको छैन । सदरमुकामको लागि अर्को स्थान पुथा उत्तरगंगा गाउपालिकाको गोल्खडा प्रस्ताव भएको छ ।

रुकुमकोट
रुकुमकोट
रुकुमकोट
रुकुमकोट
रुकुमकोट
रुकुमकोट
https://youtu.be/McH2MG2uNTc
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।