१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

फाइल तस्विर

बागलुङ । यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ । शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि व्यवसाय थालेको हो । बाइस रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर कृषि खेती सुरु गरिएको सहकारीका अध्यक्ष रतनप्रसाद मलेपतीले जानकारी दिए । रुम्टामा रहेको लक्ष्मीनारायण कला मन्दिर गुठीको खेत वार्षिक रु ८५ हजारमा भाडामा लिइएको हो ।

Advertisement

पहिलो चरणमा आँप, कागती, अङ्गुर, लिचीलगायत गरी ३०० फलफूलका बोट लगाइएको अध्यक्ष मलेपतीले बताए । उनका अनुसार छिट्टै तरकारी खेती, कुखुरा र बाख्रापालन व्यवसाय पनि सुरु गर्ने तयारीमा सहकारी छ । फलफूलबाहेक खाली रहेको जग्गामा व्यावसायिक धानबाली पनि लगाइएको सहकारीले जनाएको छ । कृषि व्यवसाय पूर्ण क्षमतामा सञ्चालनमा आउँदा आठदेखि १० व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष मलेपतीको भनाइ छ ।

ऋण, बचतको कारोबार गर्दै आएको सहकारी पहिलोपटक व्यावसायिकरूपमा कृषि उत्पादनमा जोडिएको हो । सहकारीले कृषिमा लगानी गर्न गत आवमा रु ५० लाख बजेट छुट्ट्याएको थियो । सहकारीले २० प्रतिशत पूँजी उत्पादनका क्षेत्रमा लगाउनुपर्ने राज्यको नीति छ । “कृषिको व्यावसायीकरणका साथै रोजगारी सिर्जना सहकारीको मुख्य उद्देश्य हो”, अध्यक्ष मलेपतिले भने, “बृहत् कृषि फार्मका रूपमा विकास गर्ने योजना छ ।”

सहकारीका सचिव युक्तजङ्ग राजभण्डारीले फलफूल खेतीका लागि नगरपालिकाले बिरुवा अनुदानमा दिएको बताए । सहकारीले गत मङ्सिरदेखि जग्गा भाडामा लिएर कृषि सुरु गरेको उनको भनाइ छ । अन्नबाली र तरकारी खेती गरिँदै आएकामा गत महिनादेखि फलफूल खेती थालिएको हो । सदरमुकाम नजिकै सस्तो भाडामा उब्जाउ जमिन पाएपछि सहकारीलाई कृषि खेतीको योजना बनाउन सहज भएको हो ।

त्यहाँको उत्पादन सजिलै बजार ल्याउन सकिन्छ । ऋण, बचतको काम मात्रै नगरी उत्पादनका क्षेत्रमा पनि लगानी गर्नुपर्ने प्रावधान भए पनि अधिकांश सहकारी त्यसतर्फ तत्पर छैनन् । केही सहकारीले गरेको लगानी पनि फलदायी हुनसकेको छैन । कृषि र पशुपालनको नाम दिएर सञ्चालित सहकारी पनि ऋण, बचतमा लागेका देखिन्छन् । कतिपय सहकारी भने स्थानीय उत्पादनको बजारीकरणमा लागेका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै