६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

Advertisement

पाल्पा । पाल्पाका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।

दलित तथा सीमान्तकृत समुदायका बालिकाको विद्यालय शिक्षामा पहिला नियमित उपस्थिति नहुने र कक्षा छाड्ने समस्या थियो । अहिले बालिकाको विद्यालय शिक्षाप्रति रुचि बढेको र हाल अनलाइन शिक्षा, गृहकार्य लगायतका कार्यमा सक्रियता बढेको पाइएको हो । तानसेनको देववाणी तथा संस्कृत माविका प्रधानाध्यापक कृष्ण थापाले छात्राहरुको विद्यालय शिक्षाप्रति रुचि बढेको बताए । उनले विद्यार्थी अहिले नियमितरूपमै अनलाइन शिक्षामा सहभागी हुन थालेको बताए ।

दलित महिला सङ्घ पाल्पाद्वारा सञ्चालित सो परियोजनाले विपन्न समु्दायका बालबालिकालाई एक दर्जन कापी, कलम, सिसाकलम, ज्यामितिबक्स प्रदान गरिएको संस्थाले जनाएको छ । जिल्लाको तानसेन नगरपालिकाको जनप्रिय मावि, लुम्बिनी मावि, देववाणी मावि, तिनाउ गाउँपालिकाको आदर्श आधारभूत र रम्भा गाउँपालिकाको जनता प्राविमा अध्ययन गर्ने बालिकालाई शैक्षिक सामग्री सहयोग गरेपछि शिक्षाप्रति रुचि बढाइएको सङ्घका अध्यक्ष शान्ति गहतराजले बताए ।

आर्थिक तथा सामाजिक कारण विद्यालयमा आर्थिकरूपमा कमजोर समुदायका बालिकाको नियमित अध्ययनमा समस्या हुँदै आएको थियो । सो समस्या हल गर्न दलित तथा सीमान्तकृत समुदायका बालिकाका अभिभावकलाई आयआर्जन कार्यक्रममा सहभागी बनाउने तथा छात्राहरुको शिक्षामा आमाको भूमिका प्रभावकारी बनाउन खोजिएको हो । त्यसको लागि सङ्घले चार विद्यालयमा अध्ययनरत बालिकाको आमाहरुको आठवटा समूह गठन गरी आयआर्जनसम्बन्धी तालिमसमेत सञ्चालनमा ल्याएको सङ्घका सचिव तुल्सी बुढाप्रितीले बताए ।

तानसेनको सिर्जनशील, नमूना, भगवती, देउपुजे, लुम्बिनी रम्भाको रम्भादेवी, मिलीजुली तिनाउ गाउँपालिकाको ज्यामिरे महिला समूहलाई बेमौसमी तरकारी उत्पादन, अगरबत्ती उत्पादन, गुडिया बनाउन तथा सिलाइकटाइ तथा ढाका कपडाको तयारी पोसाक उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिएको हो । पाँचदेखि सात दिनसम्म सञ्चालित तालिमपछि सीमान्तकृत समुदायका बालिकाका आमाहरुको आम्दानीकोे स्रोत बढेको छ । तालिमपछि छात्राहरुको आमाको नियमित मासिक रु पाँच हजारदेखि २५ हजारसम्म आम्दानी भएको छ ।

तानसेन नगरपालिका–६ की पार्वती परियारकी छोरी जनप्रिय माविमा अध्ययन गर्ने विद्यार्थी हुन् । पहिला १४ स्थान रहेकी छोरी कक्षा ९ बाट १० मा ४ औँ स्थानमा उत्तीर्ण हुँदा परिवारमा खुशियाली छाएको हो । सङ्गम परियार अहिले कक्षा १० मा अध्ययन गर्दै आएका छन् । शैक्षिक साम्रगी पाएपछि अध्ययनप्रति विशेष रुचि बढाएको अभिभावक परियारको भनाइ छ । “छोरीलाई शैक्षिक सामग्री सहयोग गर्ने संस्थाले मलाई पनि सिलाइकटाइ तालिम प्रदान गर्यो, त्यही सीपबाट अहिले परिवारको लागि खर्च र छोरीको शिक्षाको निम्ति खर्च जुटाउन सहज भएको छ”, परियारको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार