२४ मंसिर २०७९, शनिबार

Dec 10, 2022

दमौली । वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

Advertisement

भानु नगरपालिका सात, व्यास नगरपालिकाका २६, शुक्लागण्डकी नगरपालिकाका ४१, भिमाद नगरपालिकाका १५, म्याग्दे गाउँपालिकाका ६, घिरिङ गाउँपालिकाका चार, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । 

पाँच पालिका उच्च जोखिममा
तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भए पनि सर्वसाधारणबाट लापरबाही बढेकाले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ छ । वैशाख यता जिल्लाका चार हजार ७८६ कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये चार हजार २४५ सङ्क्रमणमुक्त भएका छन् । 

दश स्थानीय तहमध्ये पाँच स्थानीय तह उच्च जोखिममा छन् भने पाँच स्थानीय तह मध्यम जोखिममा रहेको कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोनाको उच्च जोखिममा छ । घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका मध्यम जोखिममा छन् । 

भानु नगरपालिकाका ३१७, व्यास नगरपालिकाका एक हजार ६०६, शुक्लागण्डकी नगरपालिकाका एक हजार २७२, भिमाद नगरपालिकाका ४९०, म्याग्दे गाउँपालिकाका ४३९, घिरिङ गाउँपालिकाका १३४, ऋषिङ गाउँपालिकाका ८३, देवघाट गाउँपालिकाका ७८, बन्दीपुर गाउँपालिकाका २५८ र आँबुखैरेनी गाउँपालिकाका १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

त्यसमध्ये भानुमा २५७, व्यासमा एक हजार ३९१, शुक्लागण्डकीमा एक हजार १२५, भिमादमा ४५१ र  म्याग्देमा ३९५ जना सङ्क्रमणमुक्त भएका छन् । घिरिङमा १२६, ऋषिङमा ७९, देवघाटमा ७२, बन्दीपुरमा २५२ र आँबुखैरेनीमा ९७ जना सङ्क्रमणमुक्त छन् । 

जिल्लामा यस अवधिमा छ हजार १०५ जनाको पीसीआर र छ हजार ६०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५५.८१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । 

“निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, “यसलाई कडा नगरिए स्थिति राम्रो हुँदैन ।” निषेधाज्ञा खुकुलो भए पनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गरे । “स्वास्थ्य मापदण्ड अपनाए मात्रै कोरोना सङ्क्रमण न्यूनीकरण हुन्छ, लापरबाही गर्नुभएन,” अधिकारीले भने, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।” रासस

प्रतिकृया दिनुहोस्

Flash News

हाेराइन जिबिएस स्कुल ड्राइभरटाेलमा डान्स आइकन र ट्यालेन्ट हन्ट तिलोत्तमामा जारी प्रथम टोल स्तरीय सेभेनए साइड फुटबलमा आज फाइनल खेल हुँदै महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय युवाको मृत्यु आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै राजनीतिले धरापमा पर्यो नेपालकको खेलकूद : केन्द्रिय उपाध्यक्ष श्रेष्ठ टरिगाउँ विमास्थलको डिपोमा हवाई इन्धन भरेको ६ महिनापछि रिफिल सेवा सञ्चालनको तयारी बुटवलमा सम्पन्न ११ औं एभरेष्ट वादविवादको उपाधि नव ज्योतिका पाठकलाई विश्वकपका अतिथिलाई खाना खुवाउँछन् नेपालका विनोद, धेरैको रोजाई माछा र तारेको आलु बुटवलको नरैनापुर विद्यालयमा शैक्षिक सुधारसँगै विद्यार्थीको आकर्षण तिलोत्तमा सहकारीद्वारा रक्तदान, ५२ यूनिट संकलन अन्तरविद्यालय क्रिकेटः लुम्बिनी र शान्ति नमूना फाइनलमा संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश राजनीतिक दलहरुले निर्वाचनमा महिलामाथि व्यापक विभेद् गरेः आयोग आर्थिक क्षेत्र चलायमान बनाउने नयाँ सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँण बुटवलमा पदक विजेता खेलाडीलाई सम्मान, पत्रकारद्वय पाण्डे र श्रेष्ठ पुरस्कृत बुटवलको ट्राफिक, ठेला, इरिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने