२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाडौं । कोरोना संक्रमण निको भएकाहरूमा पनि पोष्ट कोभिड (कोभिड निको भए पछि हुन समस्या)को जोखिम बढीरहेको चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमण निको हुँदै जाँदा पोष्ट कोभिडका बिरामीहरूको संख्या पनि बढ्दै गएको उनीहरूले बताएका हुन् ।

Advertisement

ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डा. राजु पंगेनीले कोरोना संक्रमितहरुले चाँडै उपचारमा ध्यान नदिँदा पोष्ट कोभिडका बिरामीको संख्यामा वृद्धि हुने गरेको बताए । ह्याम्समा उपचार पछि निको भएका ५० प्रतिशत मानिसहरु पोष्ट कोभिडको समस्या लिएर आउने गरेको उनले बताए । कोरोना संक्रमितहरुको उपचारमा ढिलाई हुँदा पोष्ट कोभिडका लक्षणहरू बढी देखिएको उनको भनाई छ । पोष्ट कोभिड देखिएका अधिकांशमा खुट्टा दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, मुटु हल्लिएको अनुभूति हुने, शरीरमा शक्ति नै नभएको महसुस हुने खालका लक्षण देखिने गरेको उनी बताउँछन् ।

कोरोना संक्रमण भएकाहरूमा अक्सिजनको मात्रा कम भएर अस्पताल पुगेकाहरूमा पोष्ट कोभिडको लक्षण बढी देखिएको उनले बताए । पोष्ट कोभिडको लक्षणहरू हराउनको लागि सामान्यतया चार महिना लाग्न सक्ने तर मनोवैज्ञानिक रूपमा यस्ता लक्षणहरू हराउनको लागि छ महिनासम्म लाग्न सक्ने उनी बताउँछन् ।

यस्तै त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. सन्तकुमार दास पनि कोभिड निको भएकाहरूमा पोष्ट कोभिडको जोखिम बढेको स्वीकार्छन् । कोरोना संक्रमण भएर निको भएका बिरामीमा पोष्ट कोभिडको जोखिम उच्च रहेको उनको भनाई छ । आईसियूमा उपचार गरेर निको भएका कोभिडका बिरामीमा पोष्ट कोभिडका लक्षणहरू धेरै देखिने गरेको उनले बताए । पुरुषको तुलनामा महिलामा पोष्ट कोभिडको जोखिम बढी देखिने गरेको उनी बताउँछन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोलाले पनि कोरोना संक्रमित निको भएपछि पोष्ट कोभिडका लक्षणहरू देखिएको बताएका छन् । पोष्ट कोभिड भएका बिरामीहरूमा मनोपरामर्शको एकदमै आवश्यकता रहेको उनले बताए । “विशेषगरी पोष्ट कोभिडका लक्षणहरू आईसीयूमा पुगेर रिकभर भएका बिरामीहरूमा धेरै देखिएको छ । उनीहरूले अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ की भन्ने मनोभाव राखेको पाइएकाले कोभिड निको हुनेहरूलाई मनोपरामर्शको आवश्यकता देखिएको छ”, उनले भने । पोष्ट कोभिडका लक्षहरू युवा नै धेरै देखिने गरेको उनी बताउँछन् । -विष्णु पाण्डेय/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?