५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमण भएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ। १२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको हो।

Advertisement

अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार अहिले अमेरिकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेहरूमध्ये बालबालिकाको संख्या २.४ प्रतिशत छ। ‘यो पोहोर सालको जस्तो कोरोना होइन। यो निकै डरलाग्दो छ र हाम्रा बच्चाहरू यसबाट धेरै प्रभावित हुँदैछन्,’ अमेरिकन एकेडेमी अफ पेडियाट्रिककी पूर्वअध्यक्ष स्याली गोजाले भनेकी छन्।

यसअघि बालबालिकामा कोरोनाभाइरसको कमै संक्रमण हुने र संक्रमण भए पनि जटिलता कम हुने विश्वास गरिन्थ्यो।   बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ। अमेरिकामा संक्रमण फेरि फैलिनुमा मानिसहरूले खोप लगाउन नमान्नु प्रमुख कारण हो।

अहिलेसम्म अमेरिका ५० प्रतिशत मानिसहरूले मात्र पूर्ण खोप  लगाएका छन् भने ५९ प्रतिशतले एक डोज खोप लगाएका छन्। अमेरिकामा खोप सर्वसुलभ भए पनि मानिसहरू खोप लगाउन मान्दैनन्। खोप लगाउन प्रोत्साहन गर्न संघीयदेखि स्थानीय सरकारले विभिन्न योजनाहरू ल्याए पनि ती प्रभावकारी देखिएका छैनन्।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका बाढीपहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा मकालु बेसक्याम्प घुम्न गएका एक युवकको मृत्यु, तीन दिनपछि सार्वजनिक प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वासकाे मत लिँदै एमाले अधिवेशन : ओलीले एकसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने श्रीमान विदेशबाट फर्केको अर्कोदिन श्रीमतीको मृत्यु ‘केजिएफ २’मा यशसँग नोराको रोमान्स