९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

Advertisement

सोउल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ । कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ ।

यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्रमितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ । योसँगै यहाँका सङ्क्रमितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिने गरेको छ । बुधबार रातिसम्म यहाँ एक हजार नौ सय ८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृत्युदर भने कम रहेको छ । यहाँ अहिलेसम्म यो भाइरसबाट दुई हजार एक सय ४४ जनाको ज्यान गएको छ । -सिन्ह्वा

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?: ओली