ताजा अपडेट »

अर्घाखाँचीमा एकैदिन थपिए १५४ कोरोना संक्रमित

विहीबार, २८ साउन २०७८, १९ : ५९
2 Shares

बुटवल । अर्घाखाँचीमा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि १५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ७७ जना, भुमिकास्थान नगरपालिकामा २७ जना, शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा ४० जना र पाणिनी गाउँपालिकामा ९ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ हजार ९१४ पुगेको छ । हाल ७८८ जना उपचाररत छन् । यस्तै, पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा १०१ जनाले कोरोना जितेका छन् । जिल्लामा कोरोना जित्नेको संख्या ३ हजार ४७ पुगेको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनैपनि विरामीको मृत्यु भएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।