ताजा अपडेट »

किन सार्वजनिक गरेन स्वास्थ्य कार्यालय रुपन्देहीले कोरोना तथ्यांक ?

बुधबार, २७ साउन २०७८, १७ : १३
10 Shares

बुटवल । रुपन्देहीमा केही दिनदेखि स्वास्थ्य कार्यालयले कोरोना अपडेटको जानकारी दिएको छैन् । स्वास्थ्य कार्यालय रुपन्देहीले हरेक दिन ४ बजे जिल्लामा २४ घण्टामा संक्रमण पुष्टि भएका संक्रमितहरु, मृतकहरुको बारेमा जानकारी दिइदै आएको थियो ।

स्वास्थ्य कार्यालयले हरेक दिनको कोरोना बारेको जानकारी आफ्नो फेसबुकमा राख्दै आएको थियो । कार्यालयले यस भन्दा अघि पनि दिउँसो ४ बजेसम्मको तथ्यांक भन्दै राति ९/१० बजे मात्रै तंथ्याङक सार्वजनिक गर्ने गरेको थियो । तर २ दिनदेखि भने कार्यालयले कोरोनाको तंथ्याङक नै राख्न छाडेको छ ।

यसबारेमा बुझ्दा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार पुरानो फेसबुकमा समस्या भएकाले सोही नामको अर्को फेसबुक आइटि बनाएर तंथ्याङक सार्वजनिक गरिएको बताए । तर धेरैलाई यस बारेमा जानकारी नहुदाँ स्वास्थ्य कार्यालयले कोरोनाको तथ्यांक सार्वजनिक गरेर भन्ने कुरा आएको बताए । साथै स्वास्थ्य कार्यालय रुपन्देही नाम गरेको अर्को फेसबुकबाट नियमित रुपमा तंथ्याङक भने सार्वजनिक भएको गिरीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।